चन्द्रपुर,२६ असार / चन्द्रनिगाहपुरका एकजना युवा ब्यापारीले आफ्नो घरमा भाडामा बस्नेहरुलाई भाडा छुट दिने भएकाछन् ।
होटल व्यवसायी संघ रौतहटका अध्यक्ष तथा युवा व्यवसायीले देबेन्द्र अर्यालले आफ्नो घरमा भाडामा बस्ने अफिस तथा सटरहरुलाई भाडा छुट दिने भएकाछन् ।
देबेन्द्र अर्यालले आफ्नो घरमा भाडामा बस्ने व्यवसायीहरुलाई १ महिनाको भाडा छुट निर्णय गरेका हुन् । बिगत लामो समय देखि लकडाउन (बनदाबन्दीको मारमा परेका व्यवसायीहरुलाई छुट गर्दा ठुलो राहत पुग्ने भएकोले १ महिनाको भाडा छुट गरेको अर्यालको भनाई रहेको छ ।
उनले आफ्नो घरमा भाडामा बसेर व्यवसाय गर्दै आएका व्यावसायीहरुका लागि एक लाख भन्दा बढि घरको भाडा छुट गरेको उनले तराई एक्सप्रेसलाई बताए ।
चन्द्रपुरको मुख्य चोक एवं चन्द्रपुर बजारको गरी दुई वटा घरमा बस्दै आएक व्यवसायीहरुलाई घर भाडामा सहुलियत दिदा व्यवसायीहरुले सो सराहनीय कार्याको लागि ह्ृदय देखि धन्यबाद दिएका छन् ।
अर्यालले अरु घरवालाहरुले पनि साना तथा मझौला व्यवसायीहरुलाई राहत पुग्नेगरी घरभाडामा छुट दिलाउन उद्योग बाणिज्य संघलाई आग्रह गरेका छन् । बन्दाबन्दीको मारमा परेका चन्द्रनिगाहपुरका होटल ब्यावसायीलाई घरधनी घरभाडा छुट दिनुपर्ने माग उठीरहेका बेला अर्यालले भने उदाहारणीय काम गरेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बासु अधिकारीको भनाइ रहेको छ ।
२०७७ असार २६ गतेको तराई एक्सप्रेस दैनिक पत्रिकामा प्रकाशित समाचार ।