गौर,२६ असार / रौतहट जिल्लाको कटहरिया नगरपालिकामा कार्यालय प्रमुख नभएका कारण यस आर्थिक बर्षको नगरपरिषद समेत हुन सकेको छैन ।
संघिय मन्त्रालयका कारण सो नगरपालिकामा कार्यलय प्रमुख पटक पटक फेरियका कारण समस्या भएको कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुस्वाहले तराई एक्सप्रेसलाई बताए । पछिल्लो समय सो नगरपालिकाको कार्यकारी प्रमुखका रुपमा आएका दुईजनालाई अनियमिताको आरोप लागेपछि समस्या भएको हो ।
लामो समय कार्यालय प्रमुख बिहिन रहेको कटहरिया नगरपालिकामा कार्यालय प्रमुख भएर आएका स्याम कुमार सिंहलाई यस भन्दा पहिला हुलाक कार्यालयमा रहदा अर्थिक अनियमिता गरेको आरोपमा मुद्धा परेपछि उनको ठाउमा आएका मनोज कुमार रजकलाई राजदेवी नगरपालिकामा रहेको बेला कम्बल खरिदमा आर्थिक अनियमता गरेको भन्दै निलम्बनमा परेपछि अहिले सो नगरपालिका कार्यालय प्रमुख बिहिन भएको हो । सिंह भन्दा पहिला रजकनै सो नगरपालिकाको कार्यालय प्रमुख थिय । उनलाई संघिय मन्त्रालयले सरुवा गरेपछि सो नगरपालिका कार्यालय प्रमुख बिहिन भएका कारण यस आर्थिक बर्षको नगरपरिषद समेत हुन नसकेको नगरप्रमुख कुस्वाहको भनाइ रहेको छ ।
संघिय मन्त्रालयका कारण आफ्नो नगरपालिकामा असार मसान्तमा समेत कुनै काम हुन नसकेको कुस्वाहको भनाइ रहेको छ । रौतहटका स्थानीय तहमा संघिय मनत्रालयले कार्यालय प्रमुख पटक पटक फेरबदल गर्ने गरेका कारण बिभिन्न समस्या श्रृजना हुदै आएको भन्दै बिरोध हुदै आएको छ ।
२०७७ असार २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here