अशोक पहाडी
चन्द्रनिगाहपुर,२६ असार । बिहिबार देखी परेको बर्षाका कारण जिल्लाको चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाका बिभिन्न टँेल जलमग्न भएकाछन् । चन्द्रपुर नगरपालिकाले निकास बिनाको विकास गरेका कारण नगरको बिभिन्न स्थानका घरमै पानी पसेको भन्दै समाजिक संजालमा तस्बिर सहित पोष्ट गर्नेको संख्या बढदै जान थालेको छ ।
चन्द्रपुर नगरका बिभिन्न वडाका बिभिन्न टोलका कयौ घरमा पानी पसेको छ । नगरपालिकाले बाटो बनाउने बेला पानीको निकास नछाडेका कारण डुवानमा परेको स्थानीयले बताएकाछन् ।
चन्द्रपुर ४ को पुलचोकमा पानीको निकास नभएका कारण बाटोमा भन्दा माथि पानी आएका कारण आवत जावतमा समस्या भएको स्थानीयले बताएकाछन् । पाच नम्बर वडाको बिभिन्न टोल र चन्द्रपुर ८ को बसन्तपुरमा घरमै पानी छिरेका कारण समस्या भएको छ ।
