अशोक पहाडी
रौतहट,२८ असार ।
लगातारको बर्षाले चन्द्रपुर नगरपालिकाको वाडनं ४ को मुख्य चोकनै जलमग्न भएको छ । नाला ब्यावस्थापन नभएका कारण पनीको भल मुख्य सडकबाटै बगेको छ ।
मुनलाईट बोडिङ अगाडीको घरहरु डुवानमा परेकाछन् । चन्द्रपुरको मुख्य चोकबाट गैडाटार जाने बाटोेको नालाभन्दा माथिबाट पनी बगेको छ ।
निकास बिनानै विकास भएका कारण यस्तो अवस्था आएको चन्द्रनिगाहपुरका युवा समाजसेवी महारन्त बिष्टले बताए ।
चन्द्रनिगाहपुरको पुर्व पश्चिम राजमार्गमै बाढी आएका कारण समस्या भएको रिक्सा चालक केदार तिमलसिनाले बताए । नगरपालिकाले विकास गर्दा पानीको निकासको ब्यावस्था नगरेका कारण समस्या भएको होटल ब्यावसायी सुरेन्द्र सापकोटा उदयले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here