सप्तरी, २८ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–७ ब्रहमपुर स्थितको पोखरीमा माछा मारेको विषयलाई लिएर एक–आपसमा विवाद भई कुटपीट हुँदा एक महिलाको मृत्यु भएको छ । बाँसको लट्ठीको चोट लागेर मनेजर मण्डलको ५५ वर्षिया श्रीमती मानशेर देवी मण्डलको घटना स्थलमै मृत्यु भएको हो । कुटपीटका क्रममा ३५ वर्षिया सिता देवी मण्डलको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । कुटपीटबाट घाइते मण्डलको स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here