काठमाण्डौ / नेपाल दशनामी युथले एक जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ! खोटाङ्ग ऐसेलुखर्क गाउपालिका घर भई हाल काठमाण्डौ कपन बस्ने सम्झना बनको उपचारका लागि ६० हजार दुई सय रुपैया आर्थिक सहयोग गरेको हो ! युथका सदस्यहरुले शनिवार सम्झनालाई भेटेर उक्त रकम हस्तान्तर गरेका हुन ! ढाड भाचिएर दुई वटै खुट्टा चल्न छोडेको बनको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ! आर्थिक अवस्था कमजोर भएका कारण बिगत १० वर्ष देखि उपचारको अभावमा ह्युलचियरमा दिन काट्दै आएकी सम्झनाको उपचारमा थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले दशनामी युथले उक्त रकम सहयोग गरेको युथका केन्द्रिय सदस्य दिपक पुरीले जानकारी दिएका छन् ! कोरोना र लकडाउनको विषम परिस्थितिमा कसैले पनि आर्थिक तथा उपचारको अभावमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले नेपाल दशनामी युथले दशनामी फन ग्रुप र दशनामी युनिटी अफ टेन कास्टको सहकार्यमा सहयोग रकम संकलन गरेर विपन्न परिवारलाई सहयोग गर्दै आएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here