अशोक पहाडी
रौतहट,२९ असार ।
नगरपालिकाको कार्यालयबाट गर्नूपर्ने काम गरुडाको नापी कार्यालयबाट गर्ने गरेका फतुवा बिजयपुर नगरपालिकाका कर्मचारीले प्रहरीले छापा मार्न आएको थाहा पाएपछि फरार भएकाछन् ।
बिगत केहीदिन देखी आफ्नो कार्यालयबाट गर्नुपर्ने काम गरुडामा रहेको नापी कार्यालयबाट हुने गरेको गुनासो आएपछि ईलाका प्रहरी कार्यालय गरुडाको टोली नापी कार्यालयमा पुगेपछि मेयर गोपाल यादव,कार्यालय प्रमुख सुरेन्द्र प्रधान र लेखा प्रमुख कागजात सहित भागेका थिय ।
असारको अन्तिममा फतुवा बिजयपुर नगरपालिकाको कार्यालयमा बसेर काम गर्नुपर्नेमा गरुडा स्थित नापी कार्यालयबाट धमाधम चेक काटेको गुनासो आएपछि आफुहरु नापी कार्यालयमा पुग्दा कोही फेला नगरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
सो बिषयमा बुझनका लागि मेयर यादव र कार्यालय प्रमुख प्रधानको मोवाईलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here