चन्द्रपुर,२९ असार / वर्षासंगै रौतहटमा सर्पदंशका बिमारीको संख्या बढदै जान थालेको छ । चन्द्रपुर नगरपालिकामा रहेको सरकारस् अस्पतालमा सर्पले टोकेर आउने बिरामी हुनेको संख्या ह्वात्तै बढेको छ । चन्द्रनिगाहपुर सरकारी अस्पताल सर्पदंशका बिरामीहरुको भिडभाड बढ्दै गएको छ । विगत २ महिनादेखि सर्पको टोकाइका बिरामीहरुको चाप बढ्दै जान थालेको अस्पतालले बताएको छ । केही दिन अगाडी चन्द्रपुर—३ गैडाटारका एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको थियो । अस्पतालमा सर्पका टोकाइका बिरामीहरुको भिडभाड हुन थालेपछि बिरामी राख्ने बेडको समेत अभाव भएको छ । १५ बेडको चन्द्रनिगाहपुर अस्पतालमा हाल दैनिक २० जना सर्पदंशका बिमरी आउने गरेकाले बिडको अभाव भएको चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अभय ठाकुरले तराई एक्सप्रेसलाई बताए । बेडको अभावमा बिरामी कुरुवा बस्ने डेक्समा समेत बिरामीलाई उपचार गराइरहेको उपचारमा खटिएका स्वास्थ्यकर्मी बिवेक चौधरीले बताए । अस्पतालमा १५ वटा बेड रहेको तर हाल सर्पको बिगबिगीसंगै बिरामीको चाप बढेकोले आफुहरुले छुट्टै बेडको ब्यबस्थापन गरिरहेको स्वास्थ्य शाखा प्रमुख ठाकुरले बताए । सर्पको बिषले असहज भएको बेला डेक्समा बस्नु पर्दा झनै पिडा भएको उपचारमा रहेका बिरामीहरुले गुनासो गरेका छन । अहिले अस्पतालमा २० जना सर्पदंशका बिरामीहरु रहेका छन । हाल अस्पतालमा बिषालु सर्पको टोकाईबाट उपचारमा लागि अस्पतालमा आएको अस्पतालले जनाएको छ । केहीदिन देखीको लगातारको बर्षाका कारण सर्पको बिगबिगि बढेको स्थानीयले बताएका छन् ।
२०७७ असार २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here