ओम प्रकाश यादव
गरुडा, ३० असार ।

प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले अविरल वर्षासँगै बागमति नदिमा आएको बाढीले गृह जिल्ला रौतहटको राजदेवी नगरपालिका ४ बस्तपुरमा कटान गरिरहेको बाँधको ठोक्करको तुरुन्त मर्मत सम्भार गर्न प्रदेश सरकारसँग पहल गर्ने बताउनुभएको छ ।
राज्य मन्त्री यादवले क्षतिग्रस्त ठोक्करलाई थप क्षति हुनबाट जोगाउन आफु कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । रौतहट निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेश सांसदमा निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले बागमति नदिले कटान गरिरहेको राजदेवी नगरपालिका ४ को बाँधको आज अनुगमन निरीक्षण गर्नुभएको छ । बगमति नदिको बाढीले राजदेवी नगरपालिकाको बस्तपुर घाट स्थित ठोक्कर तिव्र गतिमा कटान गरिरहेको खबर पाउन साथ राज्य मन्त्री यादवले हिजो मात्रै जनकपुरबाट रौतहट आएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here