जनकपुर, ३१ असार ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निमित्त प्रमुख राम विनय साहले प्रक्रिया मिचेर कर्मचारी भर्नामा व्यापक अनियमितता गरेको पाइएको छ । पहुँच र आर्थिक लेनदेनकै भरमा प्रयोगशालाका निमित्त प्रमुख राम विनय साहले १९ जना कर्मचारी भर्ना गरेको खुलेको हो । प्रयोगशालाले गत अषाढ १ गते प्रयोगशालाको भित्तामै सूचना टाँसेर कर्मचारी भर्ना आह्वान गरेका थिए । अषाढ मसान्त अवधिकालागि करारमा कर्मचारी भर्ना गर्ने र आवश्यक्ता अनुसार म्याद थप्नेगरी २४ जना कर्मचारी भर्नाकालागि निकालिएको सूचना अनुसार ३५ जनाले आवदेन दिएका थिए । तर आवेदकलाई लिखित मात्र नभइ अन्तर्वाता समेत नलिई निमित्त प्रमुख साहले मनलाग्दी कर्मचारी भर्ना गरेका थिए । आवदेन दिएकामध्येबाट १ जना ल्याब टेकनिशियन, ४ जना कार्यालय सहयोगी, २ जना मेडिकल ल्याब टेक्नलजिस्ट, ल्याब टेक्निशियन २ जना, कम्पयुटर अपरेटर ३ जना, सेक्युरिटी गार्ड ४ जना, भान्से दुइ र स्वीपर एकजनालाई फोनमार्फत बोलाएर सिधा हातमै नियुक्त पत्र थमाइएको हो । टुडे पाटिबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here