जनकपुर, ३१ असार ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् । मेयर साहले प्रचलित ऐनकानूनलाई धज्जी उडाउँदै कानून विपरीत नगरसभा सम्पन्न गरेको भन्दै उनीविरुद्ध आफुहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए । आफूहरुले जनकपुरधाम उपमहानगरपालिकाको हिसाब पारदर्शी गर्न र कानूनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत मेयर साहले कानून विपरीत मनोमानी गरेको उनीहरूको आरोप छ । मेयरले रातीको समयमा मूल्य मान्यता विपरीत नगरसभा समपन्न गरेर सम्पूर्ण नगरवासीलाई ठगेको वडाध्यक्ष साहले आरोप लगाए । वडाध्यक्ष साहले आफूहरुले सभा रद्द हुनुपर्ने माग दावीसहित सर्वोच्चमा उत्प्रेषन मुद्दा हालेको बताए । वाड नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र स्वयं लगायत ३ जनाले निवेदन दिएको वडाध्यक्ष साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here