ओम प्रकाश यादव

अषाढ ३१ गते । प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटको एक क्षतिग्रस्त बाँधको मर्मत सम्भार गर्न आफै लाग्नुभएको छ । राज्य मन्त्री यादवले जिल्लाको राजदेवी नगरपालिका ४ बसतपुरमा बागमती नदीको क्षतिग्रस्त बाँधको मर्मत सम्भार गर्ने कार्य सुरु गरेका हुन् ।

लगातारको वर्षापछि केहीदिन अघि मात्रै बागमती नदीमा आएको बाढीले बसतपुर घाट स्थित तटबन्धको ठोकर तिब्र गतिमा कटान गरिरहेको बारे विभिन्न सञ्चार माध्यममा खबर आएको थाहा पाएपछि मंगलवार मात्रै राज्य मन्त्री यादवले उक्त बाँधको अनुगमन निरीक्षण गर्नुभएको थियो ।

राज्य मन्त्री यादवले आफ्नै व्यक्तिगत लगानीमा बास गाडेर बोरामा माटो र ढुङ्गा राखेर उक्त क्षतिग्रस्त बाँधको मर्मत सम्भार गर्न लागेका हुन् ।

बागमती नदीबाट बाँधलाई थप क्षति हुनबाट जोगाउन र सर्वसाधारण जनतालाई प्राकृतिक विपदबाट जोगाउन कृषि राज्य मन्त्री योगेन्द्र यादवले आफ्नै पहल एवं लगानीमा उक्त बाँध कटान लाई नियन्त्रण गर्न लागेका हुन् ।

रौतहट निर्वाचन क्षेत्र नं १ मा एक माननीय र एकजना प्रदेश सांसद भएपनि उक्त बाँध मर्मत गर्न कसैले ध्यान नदिएको अवस्थामा राज्य मन्त्री यादवको ध्यान उक्त बाँध मर्मत गर्ने तर्फ गएको हो । मन्त्री यादवले चलेको उक्त कदम निकै सराहनीय रहेको भन्दै चारैतिर उहाँको प्रसंसा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here