बिजयपुर, १ साउन ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै स्थानियले बिरोध प्रदर्शन गरेका छन् । विभिन्न सञ्चार माध्यममा सो नगरपालिकाले नक्कली कागज बनाइ आर्थिक अनियमितता गरेको खुलासा गरेपछि बुधबार स्थानियले प्रदर्शन गरेका हुन् ।
काम नै नगरि नक्कली कागजातको आधारमा नगरपालिकाको बजेट दुरुपयोग गरेको भन्दै स्थानिय सडकमा उत्रिएका हुन् । नगरपालिकामा गर्नु पर्ने काम नापी कार्यालय गरुडामा तथा विभिन्न स्थानमा बसेर काम नै नगरि कागज मिलाउ“दै बजेट निकासामा लागेको उनीहरुको आरोप रहेको छ । स्थानियको बिरोधका कारण सो नगरपालिकामा अख्तियार तथा प्रशासनले समेत निगरानी बढाएको छ । बुधबार प्रदर्शनकारीहरुले कोरोनाको नाममा गरेको खर्च सार्वजनिक गर, काम नगरि नक्कली कागजात बनाउन पाइदैन , नापी कार्यालय तथा अन्य स्थानमा चेक काट्न बन्द गर भन्ने जस्ता नारा तथा प्ले कार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।
सो नगरपालिकाका मेयर गोपाल राय यादवले निमित्त प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान आएदेखि नै आर्थिक अनियमितता गर्न थालेको छ । यता एक स्रोतका अनुसार सो नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखा अधिकृत नबिन यादवले कमिसनमा बिभिन्न किसिमको बिल पास गर्ने गरेको बताइएको छ ।