बिजयपुर,१ साउन ।
रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले पक्राउ गरेको हो । २ दिनअघि गुजरा ५ लक्ष्मीपुर गाउ“की एक १४ वर्षीया बालिका सौच गर्न खेतमा जाने क्रममा शेख तुफानीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण भैइसकेको छ । अभियुक्त तुफानीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थमाएर अनुसन्धान भैइरहेको सई लतिफ अन्सारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here