ओम प्रकाश यादव
गौर, १ साउन ।
कोरोना भाइरसका कारण बन्द भएको रौतहटका सरकारी कार्यालयहरु आउदो आइतबारदेखी सञ्चालन हुने भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले कोरोना महामारीका कारण बन्द गरिएको जिल्लाका सरकारी कार्यालयहरु आउदो साउन ४ गते आइतवारदेखी सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक सुचना निकालेर जानकारी दिएको हो । बन्द रहेको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भुमि सुधार तथा मालपोत कार्यालय, नापी लगाएतका सम्पुर्ण कार्यालयहरु आइतवारदेखी फेरी पहिलाकै जस्तै नियमित सेवा दिने भएको छ । कोरोना भाइरस संक्रणको जोखिम जिल्ला र समुदाय स्तरमा फैदिने खतरा बढेपछि गत बैशाख ३२ गतेदेखी रौतहटका सम्पुर्ण सरकारी कार्यालयहरु बन्द गरिएको थियो तर अहिले विस्तारै कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएकोले आइतवारदेखी कार्यालयहरुले प्रदान गर्दै आएको नियमित सेवा पुन सुचारु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । कोभिड १९ को जोखिम कम गर्ने सम्पुर्ण सुरक्षा उपाए अनिवार्य रुपमा अपनाएर मात्रै कार्यालय खुल्ला गर्ने निर्णय गरिएको बताईएको छ । कर्मचारी र सेवाग्राहि दुवैलाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्नुपर्ने शर्त राखिएको सुचनामा उल्लेख गरिएको छ ।