रौतहट, २ साउन ।
रौतहटमा एक लाख रुपैयाँ भन्दा बढीको प्रतिबन्धित पटका बरामद भएको छ । सशस्त्र प्रहरीले १ लाख रुपैयाँ भन्दा बढीको प्रतिबन्धित पटका बरामद गरिएको हो । सशस्त्र बेश क्याम्प देवाहीको टोलीले देवाही गोनाही नगरपालिका वडा नं— ५ स्थित लालबकैया नदीको पुलमा बिहिबार उक्त पटका बरामद गरेको हो । विशेष सूचनाको आधारमा बेश क्याम्प बाट खटिएको टोलीले १ लाख १८ हजार, ८ सय बराबरको पटका बरामद गरिएको सशत्रका इन्स्पेक्टर बिष्णुु अधिकारीले बताएका छन् ।