गौर, २ साउन ।
रौतहट प्रहरीले लाखौं मूल्य बराबरको बिभिन्न तस्करीको सामान बरामद गरेको छ । जिल्ला स्थित प्रहरीले २ वटा मोटरसाईकल सहीत लाखौं मूल्य बराबरको बिभिन्न तस्करीको सामान बरामद गरेको हो । जिल्लाको रमपुरवा प्रहरी चौकीको टोलीले २ वटा भारतीय मोटरसाईकल सहीत १ लाख १९ हजार बराबरको बिभिन्न किसिमको मदिरा र भारतीय कपडा बरामद गरेको बताए । भारतीय बजारबाट भन्सार छली गरि ल्याएका सामान र रौतहटबाट भारतीय बजारमा लैजान लागेको बिभिन्न ब्राण्डका मदिरा ईशनाथ नगपालिकाको सिमाक्षेत्रबाट बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् । बरामद सामानसहित २ वटै मोटरसाइकल आवशयक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी रौतहटल जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here