काठमाडौं, २ साउन ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचार गराइरहेका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अन्दाजी ७३ वर्षीय वृद्धको बिहीबार राति १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । ३१ असारमा अस्पताल भर्ना भएका उनमा कोरोना शंका लागेपछि स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here