काठमाण्डौ / गायक, सम्पादक तथा निर्देशक विशाल राज राईले निर्देशन गरेको गाली गरी उनी रिसाएर गइ, जवानीमा जहर मिसाएर गइ भन्ने बोलको गीत बिहीबार सार्वजनिक भएको छ ! विशेष्ता क्रिएशनको पोष्ट प्रडक्सन रहेको गाली गरी बोलको उक्त गीतमा तपेन्द्र बहादुर राईको स्वर तथा मोहन मगरको संगीत रहेको छ ! विगत लामो समय देखि संचारकर्ममा लागेका विशाल राज राई भिडियो छायाँकन तथा सम्पादनमा आफ्नो छुटै पहिचान बनाउदै गायन तथा भिडियो निर्देशन तर्फ़ पनि अग्रसर भएका छन् ! बुढा सुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको उक्त गीतमा भोज राज काफ्लेको शब्द तथा मन्सुख राई, रमिता राई तथा सूर्य राईको अभिनय रहेको निर्देशक राईले तराई एक्सप्रेसलाई बताएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here