काठमाडौं । हास्य कलाकार कुमार कट्टेल ९जिग्री०ले युएईमा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सो जानकारी दिएका छन् । उनले आइतबार परेको आफ्नो जन्मदिन खुसीकासाथ मनाउनुको साटो दुःखमा रहेकी नेपाली चेलीको सहयोग गर्ने बताएका हुन् । दलाले ललाईफकाई भारतको बाटो हँुदै युएईमा पुर्याएर अलपत्र पारेको झापा घर भएकी एक चेलीको उद्धार गर्ने उनले बताएका हुन् ।
‘आज मेरो जन्मदिन । बाचुन्जेल हासी खुसी रमाउन सकु । रमाउनकै लागि अनेक बहाना बनाउन सकु’ भन्दै उनले पोष्ट गरेको स्टाटसमा अगाडि लेखिएको छ( ‘संसार कोरोनाको कहरबाट गुज्रिरहेको बेला, सम्पुर्ण मानव जगतै अत्यन्त कष्टकर समयमा रहेको बेला नेपालबाट बिभिन्न देशमा जानुभएका नेपालीहरु लकडाउनका कारण दुःख, अभाव र पीडामा हुनुहुन्छ । कतिपय नेपाली घर फर्किन समेत नसक्ने अवस्थामा हुनुहुन्छ । यहि पिडालाई महशुस गर्दै युएईमा अलपत्र परेकी एक नेपाली चेलीको प्लेन टिकटको खर्च ब्यहोर्ने निर्णय गरेको छु ।’
उनले अहिलेको विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालीहरुको पीडामा आफुले सक्दो सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् । हाँस्य श्रृंखला ‘मेरी बास्सै’ मा जिग्री पात्रको रुपमा देखिएपछि लोकप्रियता हासिल गरेका कुमार पछिल्लो समय ‘भद्रगोल’ हुँदै ‘सक्कीगोनी’ मा समेत यहि भूमिकामा देखिँदै आएका छन् ।