रंजन खरेल
रौतहट,४ साउन ।
फतुवा बिजयपुर नगरपालिकामा संचालित ११ दिने अनलाइन तालिम आइतबार सम्पन्न भएको छ ।
फतुवा बिजयपुर ४ घर भई प्रबिधिमैत्री शिक्षक समाज कास्कीका सक्रिय प्राविधिक शिक्षक धर्मेश जयसवालको सक्रियता र प्रविधिमैत्री शिक्षक समाजको प्राविधिक सहयोग एवं फतुवा बिजयपुर नगरपालिका वार्ड नंबर ४ को आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रम फतुवा बिजयपुर नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष ब्रहमनारायण यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम धर्मेश जयसवालको अध्यक्षता भएको थियो । कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज कास्कीका अध्यक्ष सकुन्तला सोती , मा वि दुधिअवाका प्र अ रबिन्द्र प्रसाद साह , धनुषाका शिक्षक दिनेश राय यादव, शिक्षक जीवछ यादव, शिक्षक बाबुराम आचार्य, शिक्षक शिक्षक शंकर दास , शिक्षक विजय कुशवाह , ओम हिपनोसिस एकेडेमी काठमाडौका राजेश तिमल्सिना, शिक्षक राजेश दास लगायत व्यक्तित्वहरुले सम्बोधन गर्नु भएको थियो ।
तालिम अवधिमा धर्मेश जयसवाल , रमेश परियार , अमित कुमार साह , भुनेश्वर गौरो , टिकाराम गौतम लगायत सहजकर्ताले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम असार २३ गते सुरु भएर आईतबार सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here