गौर,४ साउन । करोना भाईरसको कारण जनता संकटमा रहेको अवस्थामा रौतहटको माधव नारायण नगरपालिकाका मेयर बिरेन्द्र राय यादव र प्रशासकिय अधिकृत प्रलभ कायस्थ मिलेर व्यापक भ्रष्टाचार गरेको आरोप लागेको छ ।
स्थानिय कांग्रेस नेता नितिश कुमार यादबले भन्छन् यस्तो बेला जनताको काम छाडेर नगरपालिकाका मेयर र प्रशासकिय अधिकृत व्यापक भ्रष्टाचारमा व्यस्त रहेका छन् ।
कांग्रेस नेता यादवले आर्थिक वर्षको अन्तिम सम्ममा विकासका नाममा कमसल समाग्री वडाहरुमा खरिद गरि विभिन्न शिर्षकबाट २० देखि ३० प्रतिशत कमिसन खाएको भनी आलोचना गरेका छन् ।
माधव नारायण नगरपालिकाले कोरोना संक्रमण विरुद्धका कार्य गर्ने नाममा स्वास्थ समाग्री र रासन खरिद गर्दा दोब्बर मुल्य राखी खरिद गरि विभिन्न कम्पनी ठेक्का गर्न चर्को रकम असुल गरेको आरोप छ । यस्ता भ्रष्टाचारजन्य गलत कार्यहरुको छानबिन समिति बनाई कानुनी दयारामा ल्याउनु पर्ने माग गरिएको छ ।
जनताले दिएको अमुल्य मतको र आफ्नो पदिय जिम्मेवारीलाई समेत ख्याल नगरेको भन्दै नेता यादवले एक राजनीतिक दलबाट उम्मेदवार भएता पनि सबैका साझा जनप्रतिनिधि भएकाले राजनीतिक नेतृत्व इमानदार, निष्पक्ष र पारदर्शी छ भनेर प्रमाणित गर्नुपर्ने समय भएको बताएका छन् ।
उनले स्थानीय तहका यस्ता भ्रष्टाचार पूर्ण कामकारबाहीलाई सम्बन्धित निकायले छानबिन समिती बनाई जो कोहिलाई पनि सत्यतथ्यको अधारमा कानुन बमोजिम अदालतमा मुद्दा चलाईनु पर्ने माग गरेका छन् ।
उनले भनेका छन् अहिले असारे बजेटको कार्यक्रम गरि नेताकार्यकर्तालाई पाल्ने उदेश्यले मेयर विरेन्द्र प्रसाद यादब र प्रशासकिय अधिकृत प्रलभ कायस्थ ले मिलिजुली फ्रिज गर्नुपर्ने रकमसमेत फ्रिज नगरी अन्य खातामा लुकाउने, आपसी भागबन्डामा रकम वितरण गर्ने, योजनाको नाममा शिक्षक तथा अन्यलाई पारिश्रमिक वितरण गर्ने, नक्कली योजनामा भुक्तानी लेख्ने, लक्षित बजेट अन्यत्र खर्च गर्ने, जथाभावी र अनियमित तवरले कर्मचारीका भर्ना गर्ने, राजस्व संकलन गर्ने रसिद समेत कीर्ते गराउने, जस्ता कार्यहरुको अख्तियार दुरुपयोग अनुसधान आयोगले छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेकोे गुप्ताले बताएका छन् ।
मेयर यादव तत्कालीन उपेन्द्र यादब नेतृत्वको फोरम साथै तत्कालिन माओवादीको संयुक्त प्यानलबाट निर्वाचित भएका हुन् ।
यता प्रशासकिय अधिकृत कायस्थ धेरैचोटी सरुवा भैसके पनि मन्त्रालयमा सेटीङ्ग मिलाएर उप सचिवको दरबन्दीमा नगरपालिका स्थापना भए देखिनै बसिरहेका छन् । निजामती कर्मचारी २ दुई बर्ष भन्दा धेरै कामकाज नराख्ने कानुनी व्यस्ता छ ।
यसरी भ्रष्टाचार गर्दै एकै ठाउ“मा बर्षौदेखि बसिरहेको भन्दै प्रशासकिय अधिकृत कायस्त विरुद्धमा सम्बन्धि मन्त्रालय र अख्तियार दुरुपयोग आयोगमा स्थानीय वासीहरु संग सहकार्य गरि हस्ताक्षर अभियान चलाई उजुरी हाल्ने तयारी गरि सकेको कांग्रेस नेता गुप्ताले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here