रुपेन्द्र पटेल
बृन्दावन, ५ साउन ।
लगातार परेको अबिरल बर्षाले रौतहटको बिभिन्न स्थान डुबानमा परेको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको ८ मा रहेको मरदर नयाँ बस्ति जलमग्न भएको छ । यस्तै निकास बिनाको बिकास गरेपछि रौतहटको बृन्दावन नगरपालिका स्थित बलरीमा हजारौं बिगहा खेत डुवानमा परेका छन् । लगातार परेका वर्षाका पनिले बलरीका हजारौं बिगाहा जमिन डुवान परेको स्थानिय वासिन्दाले बताएका छन् । बलरीमा १० भन्दा बढी किसानको खेत पानि लागेर खोला जस्तै बगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here