बृन्दावन ६ साउन ।
बीपी स्मृति दिवसको अवसरमा रौतहटको बृन्दावन नगरपालिकाका नगरप्रमुख राम स्नेही यादवले बृक्षारोपण गरेका छन् । नगर प्रमुख यादबले बीपी स्मृति दिवसको अवसर पार्दै मंगलबार हर्साहा देखि बिश्रामपुर सम्म निर्माण भईरहेको सडक छेउमा बृक्षारोपण गरेका हुन् । सो सडकको दुबै तर्फ अशोक जातीको बिरुवा लगाउन थालेको बताएका छन् । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले नगर प्रमुख यादब सो सडक छेउमा बृक्षारोपण गरिएको हो । मंगलबार सो बृक्षारोपण कार्यक्रममा बृन्दावन नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम नरेश यादव, पत्रकार लगाएत भद्र भलादमीको सहभागीता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here