काठमाडौं ७ साउन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाका नेता तथा पूर्व सांसद बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । प्रचण्डले बुधवार एक विज्ञप्तीमार्फत् बुढाको निधनमा समवेदना व्यक्त गरेका हुन । बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो । कमरेड बुढाको नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ। सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो,ु विज्ञप्तिमा भनिएको छ। प्रचण्डले बुढाको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ उल्लेख गरेका छन्। बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं। १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसदमा निर्वाचित भएका थिए । पहिलोपोष्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here