अशोक पहाडी
रौतहट,७ साउन । लालबकैया खोलामा आएको बाढीले बगाउदा एकजनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएका दाउरा निकाल्न जाने क्रममा लाल बकैया खोलाको बाढीले बगाउदा एकजनाको मृत्यु भएको हो । कटहरिया नगरपालिका १ भसेडवाका वीरेन्द्र यादवका २५ वर्षीय छोरा बैजु यादव मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाढीमा बगेर आएको दाउरा टिप्न जादा उनलाई बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् । मंगलबार पनि चादी नदीमा आएको बाढीले बगाएर १ जनाको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here