गौर,६ साउन ।
रौतहट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैया“सहित एक जनालाई पक्राउ गरेको छ ।
सोमवार सा“झ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित प्रहरी चौकी मठिया सडकमा नेपाल भारतको सिमाना नजिक दक्षिण तर्फबाट मठिया महुलिया तर्फ आउ“दै गरेको साइकल यात्रीलाई जाँच गर्दा उक्त रकम भेटिएको हो । साइकलको ह्यान्डलमा झुण्ड्याएको नाइलनको झोलामा उक्त पैसा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । प्रहरीले स्रोत नखुलेको रकमसहित साइकल चालक रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।