अशोक पहाडी
सर्लाही,८ साउन ।
एकजना महिलाले आफ्नो उमेर बढाएर सामाजिक सुरक्षा भत्ता खाईरहेको रहस्य खुलेको छ । सर्लाही जिललाको हरीपुर नगरपालिकाकी एक महिलाले आफ्नो उमेर बढाएर एक सय १३ बर्ष बनाएर बिगत लामो समय देखी सामाजिक सुरक्षा भक्ता लिइरहेको रहस्य खुलेको हो । २०२० साल ९ / १९ गते जन्म मिति भएकी अमिना खातुनले ११३ बर्ष भएको भन्दै बिगत लामो समय देखी सामाजिक सुरक्षा भत्ता लिदै अएकी थिइन । हरिपुर ६ नम्बर वडाकी अमिना खातुनले ११३ बर्ष उमेर देखाएर बिगत लामो समय देखी बृद्धभत्ता लिइरहेको पाईएपछि गृह मन्त्रालयले देशकै धेरै उमेरकी महिलाको तस्बिर सहित कागजात पठाउन हरिपुर नगरपालिकालाई पत्राचार गरेपछि यस्तो रहस्य खुलेको हो । उनको नागरिकताका उमेर ११३ बर्ष रहेको भएपनि भोटर लिष्टमा भने जन्म मिति २०२० साल ९ को महिना २९ गते उल्लेख रहेको छ । नातमा देवर पर्ने तत्कालिन लक्ष्मीपुर गाविस ५ का कौसर आलमले गलत बिवरण पेश गराएर बिगत लामो समय देखी नगरपालिकाबाट रकम निकासा गर्दै आएका थिय । गृहमन्त्रालयको पत्र आएपछि अहिले सर्लाहीको हरिपुर नगरपालिकामा खैलाबैला मच्चियको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here