काठमाडौँ, ९ साउन ।
काठमाडौँमा युवतीमाथि एसिड प्रहार गर्ने दुइजना पक्राउ परेका छन् । सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने रौटहट लक्ष्मीपुर घर भई काठमाडौंको डल्लुमा बस्दै आएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई सीसीटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पवित्रामाथि एसिड फाल्ने मुन्ना मोहम्मदले आफूलाई एसिडको बोतल दिएर आलमले हान्न लगाएको बयान दिएका छन् । ‘मलाई साउजी ९आलम० ले भरिएको रक्सीको बोतल दिए र त्यसलाई हान् भने । मैले केटीतिर फ्याँके’, देब्रे हात देखाउँदै मुन्नाले भने, ‘फ्याँकेपछि थाहा भयो, यो त एसिड पो रहेछ, मेरो हात पनि अलिकति डढेको छ ।’ भारतीय नागरिक मुन्ना, आलमका कामदार हुन् । अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार पवित्राले अर्कै केटा मन पराएको भन्दै आलमले एसिड प्रहार गर्न लगाएको बयान दिएका छन् । टुडेपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here