चन्द्रपुर,९ साउन । नेपाली कांग्रेस चन्द्रपुर नगर समिति र कांग्रेस रौतहट क्षेत्रनं ६ क्षेत्रिय समितिले क्रियासिल सदस्यताका नाममा रकम असुल उपर भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
क्रियासिल सदस्यको फारम आयो भन्दै केही मान्छेले रकम समेत लिएर फारम बितरण गरेको प्रति पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाली काग्रेस चन्द्रपुर नगरसभापति धनलाल ठोकर र नेपाली काग्रेस रौतहट क्षेत्रनं ६ का सभापति रामस्नेही यादवले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै अवका दिनमा पार्टीको संगठनमा आच आउने काम गर्ने जोसुकैलाई कार्वाही गरिने बताएकाछन् ।
जिल्लाबाट क्रियासिल सदस्यता बितरण नभएको अवस्था क्रियासिल सदस्यताका नाममा रकम असुल्ने माथि कडा कार्वाही हुने बिज्ञप्तीमा जारी छ ।