गौर,९ साउन / जिल्लाको राजदेवी नगरपालिकामा ब्यापक भ्रष्टार भएको छ । सो नगरपालिकाका निमित्त कार्यकारी प्रमुख र नगर प्रमुखको मिलेमतोमा कागजै गत आर्थिक बर्षको विकासको काम सम्पन्न भएको स्थानीयले बताएकाछन् । राजदेबी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र सिंह ,कार्यलय प्रमुख संजय पाण्डे ,अख्यिारमा मुद्धा लागेकी तत्कालिन लेखा प्रमुख रेणु यादवको मिलेमतोमा नगरको सबै विकासको काम कागजै भएको स्थानीयको भनाइ रहेको छ ।
सो नगरपालिकाकी लेखा हेर्ने अख्तियारले डामेकी रेणु यादव निलम्बनमा परेको भएपनि उनलेनै सबै कागजात मिलाउने र नया“ आएका लेखा हेर्नेले चेकमा मात्र सहि गर्ने काम गरेर असार मसान्त अगाडी करोडौ रकम हिनामिना गरेको स्थानीले तराई एक्सप्रेसलाई बताए ।
आफै ठेक्का पट्टामा संलग्न रहेका नगर प्रमुख सिंहले बागमती नदीको ५ नम्बर ठोकर बाध चाईनिज कम्पनीका ठेक्कदारले १ करोड २५ लाख रुपैयामा सबैभन्दा बलियो ठोकर बाधको रूपमा बाधेको थियोमा मेयर सिंह र नदी नियन्त्रणका ईन्जिनियरको मिलोमतोमा बागमती किनाराको बाधमा ग्रेभलिङ, पक्की बनाउने नाउमा करोडौं रकम ब्रहम्लुट गरेको कम्युनिस्ट पार्टी क्षेत्र न.१ का नेता एबम राजदेबी नगरपालिकाका प्रत्यासी मेयर भिखारी राय यादवले बताए । पुर्ब माननीय बबन सिंहले राजदेबी नगरपालिकाको विकास कागजमै सिमित रहेको बताए ।
कर्मचारी र नगरप्रमुखको मिलेमतोमा राजदेबीमा असार भरी कागजी घोडा दौडाएर विकासको काम सम्पन्न भएको र्पु सासद सिंहको भनाइ रहेको छ । राजदेवी नगरपालिकाकी उप प्रमुख अन्सु सिंहमा लेखा ,हाकिम र नगर प्रमुखको मिलेमतोमा विकासका नाममा कागमै काम सम्पन्न गरेर रकम स्वाह पारेका कारण आफु लज्जित भएको गुनासो गरिन ।
सो नगरपालिकामा निमित्त हाकिम रहेका पाण्डे जिल्ला विकास समितिमा रहदै देखी अनियमितामा अग्रपंत्तिमा थिय । राजदेवी नगरपालिकामा हाकिम भएर गएपछि उनले नगरप्रमुखको ईसारामा मात्र काम गर्ने र अरुलाई मान्छेनै नगन्ने गरेको स्थानीय सेवाग्राहीले गुनासो गर्दै आएका छन् । पाण्डे विरुद्ध बिभिन्न निकायमा उजुरी परेको र छानबिनको प्रक्रियामा रहेको समाचारस्रोतले बताएकाछन् । २०७७ साउन ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशति समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here