?????????????????????????????????????????????????????????

चन्द्रपुर,९ साउन /
चन्द्रपुर नगरपालिकाको वडानम्बर ८ मा भएको सडक ग्य्राबेल मापदण्ड अनुरुप नभएको गुनासो स्थानीयको रहेको छ । गत आर्थीक बर्षमा बिनियोजित २१ लाख रुपैयाको योजना बाट वडाभरीको सडक ग्रेबल गरेको भनिएपनि मापदण्ड र कम परिणाम रहेको गुनासो स्थानीयको रहेको छ ।
वडाभरीको सडक स्तरोन्नती गरेको भनि प्राबिधिक बिल बनेपनि अनुगमन समितिका संयोजक उपप्रमुख रामरती चौधरीले भनेजस्तो काम नभएको भन्दै हस्ताक्षर गर्न ईन्कार गरेपछि भुक्तानी रोकिएको चन्द्रपुर नगरपालिकाका एक सदस्यले बताए । सडकमा राखिएको ग्रेबल समेत कमसल रहेको छ ।
बर्षाको भेलमा चन्द्रपुर–८ मोतिपुरमा पर्ने चादी नदिको ग्राबेल बिछयाइएको आरोप रहेको छ ।
चन्द्रपुर नगरपालिकाका प्राबिधिक नुर महम्मदले भने उपभोक्ता समितिले जति काम गरेको हो मैले भुक्तानीको लागि त्यतिनै बिल बनाईदिएको हु । उनले भने । सडक स्तरोन्नती अन्तर्गत नया सडक निर्माण र ग्रेबल समेत गरिएको छ ।
चन्द्रपुर नगरपालिकाको वडाभरीको सडक स्तरोन्नती गर्नको लागि उमादेबी परियारको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरी कार्य गरेको जनाइएको छ ।
चन्द्रपुर नगरपालिकाको सहयोग र उपभोक्ता समितिको जनश्रमदान बाट गरिएको ग्रेबल मापदण्ड अनुरुप नभएको गुनासो सर्बत्र रहेको छ ।
सडक स्तरोन्नतीको लागि कति ईन्च मोटाईमा ग्रेबल गर्नु पर्ने हो त्यो समेत नभएको बताइएको छ ।
असाढ महिनाको बर्षायाममा बिस्कुन सुकाएझै ग्रेबल छर्केको मात्रै छ स्थानीय एकले भने यो तरिकाले बर्षैपिच्छे ग्राबेलमा मात्रै रकम बिनियोजन हुनेछ । उपमेयर रामरती चौधरीले भुक्तानी प्रक्रियामा रहेको फाईल रोकेपछि यस्को पर्दाफास भएको छ । वडाअध्यक्ष पासपत चौधरीले भने सडक स्तरोन्नतीको लागि ग्रेबल गरिएको हो त्यसैअनुरुप भुक्तानीको लागि सिफारिस गरेको बताए । बिकास योजनाको छनौट गर्दा चन्द्रपुर नगरपालिकाका वडाअध्यक्षहरुको पहिलो रोजाई सडक ग्रेबल हुने गरेको छ । बर्षैपिच्छे सडक ग्रेबलमा वडाअध्यक्षहरुले बजेट बिनियोजन गर्ने गरेका छन तर बिनियोजित बजेट भन्दा कम परिणाममा काम गरेर पुरै बजेट निकाल्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here