गौर,१० साउन / अविरल बर्षा संगै जिल्लाको विभिन्न नदी तथा खोलामा आएको बाढीले हजारौ विगहामा लगाएको बालीनाली नष्ट भएको छ ।
वागमती, लाल बकैया, झाझ, भकुवा, तरहरी, चा“दी अरुवा लगायतका खोलामा आएको बाढीले रौतहटका किसानले लगाएको हजारौ विगहा धान तथा तरकारी बाली डुबानको कारण नष्ट हुंदा किसानहरू चिन्तीत बनेको छ ।
गत साता अघि आएको बाढीले सखाप बनाएका धान खेतहरूमा पुनः विऊ ल्याएर रोपाई गरेका किसानहरू लगतै आएको अर्को बाढीले समाप्त पारेका छन् ।
दोश्रो पटक आएको बाढीले धान खेती नै पुर्ण रुपमा सखाप बनाएपछि किसान संग अब रोपाई गर्न विऊ नै छैन, आकल झुकल कोइ कोइको विउ छ भने त्यसमा छर्ने मल छैन, किसानहरू निकै आर्थिक संकटमा परेको किसान संघका अध्यक्ष अशोक यादवले बताए ।
जिल्लाको १८ वटै स्थानीय तहको अधिकांश जग्गामा लगाइएको धान र तरकारी बाली नष्ट भएको छ । तर अहिले सम्म बाढीबाट धानी बालीमा भएको नोक्सानीको विवरण आउन सकेको छैनन् ।
लगातार परेको पानीले रौतहटको अधिकांश जमिन डुबानमा परेसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको क्याम्प समेत डुबानमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here