सर्लाही १० साउन । लालबन्दीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना शुक्रबार सार्वजनिक भएको छ। होटलमा काम गर्ने लालबन्दी नगरपालिका–६ की १४ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाई बलात्कार गरिएको खुल्न आएको छ। किशोरीमाथि बलात्कार गर्ने लालबन्दी नगरपालिका–७ का २५ वर्षीय सुमन विश्वकर्मा र लालबन्दी–६ का २६ वर्षीय रामबहादुर पराजुली फरार छन्। यही असार ५ गते राति किशोरीलाई लालबन्दी बजारस्थित फेसबुक होटलमा लगेर बलात्कार गरेको खुलेको छ ।