चन्द्रपुर,११ साउन ।
जनता समाजवादी पार्टी रौतहटमा बिभिन्न पार्टी परित्याग गरेर ५०जना भन्दा बढी प्रवेस गरेका छन् । जिल्लाको चन्द्रपुर १० पडरियामा शनिबार भएको एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर ५० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेस गरेका हुन् । जनता समाजवादी पार्टीका जिल्ला नेता कन्थमणी प्रसाद जयसवालको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर जनता समाजवादी पार्टीमा प्रवेस भएका हुन् । पार्टी प्रवेस गर्नेहरुलाई जनता समाजवादी पार्टीका जिल्ला नेता कन्थमणी प्रसाद जयसवालले अबिर लगाएर पार्टी प्रवेस गराएका थिय । सो कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला नेता प्रेम नाराण झा ,पर्सुनारायण चौधरी ,चनदेश्वर पटेल ,सिकिन्द्र सहनी र कल्याण पटेलको कार्यक्रममा आतिथ्यता रहेको थियो । जनता समाजवादी पार्टीले पछिल्लो समय रौतहट जिल्लाको क्षेत्रनं ६ मा पार्टीको संगठन बिस्तारलाई तिब्रता दिएको र सोही अनुसार पार्टी प्रवेस कार्यक्रम भएको जिल्ला नेता कन्थमणी प्रसाद जयसवालले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here