देवाही,१२ साउन / दुई बर्षको विकास बजेट एकै महिनामा कसरी सकियो भन्दै नेपाली कांग्रेस देवाही गोनाही नगरपालिकाले आस्चर्य प्रकट गरेको छ । देवाही गोनाही नगरपालिका ले आर्थिक बर्ष २०७५÷०७६ र २०७६÷०७७ को दुई बर्ष को बजेट लाई एक महिनामा सम्पूर्ण कार्य सम्पन्न गरिएको भन्दै सो को जानकारी माग गरेको छ ।
सो नगरपालिकामा बिगत लामो समय देखीको किचलो र कार्यलय प्रमुख नभएको कारण बिगत दुई आर्थिक बर्षको विकास बजेट निकासा हुन सकेको थियन् ।
दुई आर्थिक बर्षको विकास बजेट गएको असार महिनामै सकियको र देखिने कुनै काम नभएर सबै विकास बजेट कागजमै समिति भएको भन्दै सो को जानकारी नेपाली काग्रेस देवाही गोनाहीले माग गरेको हो ।
आईतबार कांग्रेस रौतहटका जिल्ला सदस्य अर्जुन कुमार यादव , देवाही गोनाही को मेयर प्रत्यासी भोला प्रसाद यादव ,नेपाली कांग्रेस देवाही गोनाही नगरकार्य समिति सभापति रामानन्द प्रसाद यादव लगायत नगर समिती सदस्यहरुको उपस्थितीमा एक ज्ञापन पत्र बुझाउदै नगरको सबै खर्च भएको भनियको विकास बजेटको हिसाव किताव माग गरिएको छ । ज्ञापन पत्र देवाही गोनाही नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत राजदेव रामलाई बुझाइएको थियो ।
नेपाली काग्रेसले सो नगरपालिकामा कागजमा भएको विकास हिसाव किताव १५ दिनभित्र सार्वजनिक गर्न काग गरेको नेपाली काग्रुस जिल्ला समिति सदस्य अर्जुन कुमार यादवले जानकारी दिएकाछन् ।
निमित्त कार्यलय प्रमुख रामले १५ दिन भित्र मेयर र उप मेयरसंग समन्वय गरि खर्च विबरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिय । सो नगरपालिकामा गएको आर्थिक बर्षको बजेट अधिकांस कागजमै मात्र सिमित रहेको भन्दै स्थानीयले चर्को आलोचना गरेका थिय ।
नगरपालिकाले अधिकांस विकास बजेट कोरोनाको नाममा सकेको समेत स्थानीयको भनाइ रहेको छ । नगरपालिकामा विकासका नाममा कुनै प्रभावकारी काम नभएको भन्दै नेपाली काग्रेसले चर्को बिरोध गर्दै आएको छ । २०७७ साउन १२ गतेको तराईएक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here