कटहरिया,१४ साउन ÷
नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले बिग्रेका कांग्रेसी र मधेशवादी ठेकदारको कारण रौतहटमा हुने भौतिक संरचना निर्माणको काम गुणस्तरहिन हुनेगरेको दावी गरेका छन ।
उक्त दलका नेताहरुको संरक्षणमा ति ठेकदारहरुले करोडौंको लगानीमा जिल्लामा हुनेगरेको भौतिक संरचनाको निर्माण स्तरिय नभएको गुनासो गरेका हुन ।
गृहजिल्ला रौतहटको कटहरिया स्थित एक समारोह लाई संबोधन गर्दै सांसद साहले उपेन्द्र यादव अध्यक्ष रहेको पाटी जनता समाजवादीका संघिय सांसदनै रहेका पप्पु कन्सट्क्सनका संचालक हरीनारायण रौनियारले ठेक्का लिएको रौतहटको दर्जनौ महत्वपुर्ण योजना अलपत्र रहेको बताए ।
रौनियारको लापरवाहीले जिल्लाको पुवीभेग समनपुर घाट बागमती नदीको पुल गौर टिकुलिया घाट लालबकैया नदीको पुल बर्षाँदेखी अधुरो रहेकाले बर्षेणी डुुँगा बाट यात्रा गर्दा दर्जनौ मानिसले ज्यान गुमाईसकेको उनले टिप्पणी गरेका छन ।
दुईवटा पुलमात्रै नभएर रौतहटमा रौनियारको ठेका परेको कैयौँ मह्त्वपुर्ण योजना बर्षौदेखी अलपत्र अवस्थामा हुँदा पनी पार्टीले कार्वाही गर्नुुको साटो संरक्षणनै गरेको उनले बताए ।
त्यसैगरी नेपाली कांग्रेसका प्रदेश सांसदको टिकट पाएर चुनावमा समेत भिडिसकेका ठेकदार नागेन्द्र साह,ठेकदार दायाराम साह,ठेकदार महादेव साह,ठेकदार प्रमोद यादव, ठेकदार अरबिन्द जयसवाल,श्रीकान्त यादव,उपेन्द्र यादव जस्ता दर्जन बढी ठेकदार छन ।
कांग्रेसका केही नेताहरुको प्रत्यक्ष संरक्षणमा रहेका ई ठेकदारहरुले ठेका पाएका कुनै पनी काम समयमा गर्दैनन अधिकांस काम पेटी ठेकदारलाई दिने गर्दछन जसको कारण एउटा ढिलो निर्माण हुने र गुणस्तर हिन हुने सांसद प्रभु साहले दाबी गरेका छन । त्यसैगरी लालबकैया नदी नियन्त्रणको लागी ४ करोडको केन्द्रिय बजेटको काम काठमाण्डौका निर्माणसेवा कम्पनीले ठेका पाएको छ ।
तर रौतहटका केही ठेकदारले बाहिरिया ठेकदारलाई अनेक भ्रममा पारेर काम गर्न नदिने र उसलाई ठेका पारेबापक निश्चित रकम दिएर आफैले गुणस्तरहिन काम गरीरहेकाले सरकारको करोडौं लगानी हुँदा पनी उपलब्धी सुन्य भईरहेको सांसद साहले गुनासो गरे ।
महेन्द्र राजमार्गको अलावा सर्लाही बाट गरुडा कटहरिया,बलैया हुँदै बिरगंज सम्मको बाटोमा स्तरउन्नती र कालोपत्रे निर्माणको बजेट
निकासा भईसकेकाले आवश्यक जग्गा दिएर समयमै बाटोको निर्माण काम पुरा गराउन सबैलाई आग्रह गरेका छन । सडक सञ्जालको विकास पछीमात्र ठाँउको विकास हुने भएकाले रौतहट क्षेत्र ३ अन्तरगतको सबै गाउलाई हाईवे संग जोडने योजना रहेको सांसद प्रभु साहले दोहरयाएका छन । अगामी निर्वाचन अघी आफनो निर्वाचन क्षेत्रमा सैयौं किलोमिटर कालोपत्रे बाटो निर्माण भईसक्ने उनले प्रतिवद्धता जनाएका छन । सोही अवसरमा सांसद साहको संसदिय विकासकोष बाट आर्थिकबर्ष २०७५।०७६ मा गरेको विकास निर्माणबारे तयार गरीएको बुकलेट सहभागीहरुको हात हातमा बितरण गराकएका थिए ।कार्यक्रममा कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले आर्थिकबर्ष २०७५÷०७६ को विकास निर्माण लगायत कोरोना ब्यवस्थापन सहीतको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७७ साउन १४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशति समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here