रौतहट, १४ साउन । रौतहटको यमुनामाइ गाउपालिका वडा न ५ मा ग्यास सिलिन्डर बतरन गर्ने क्रममा झडप हुँदा एक दर्जनभन्दा बढी ब्यक्ति घाइते भएका छन। बुधबार गाउँपालिकाको आर्थिक सहयोगबाट बितरन गर्न थालिएको ग्यास सिलिन्डर बितरन पक्षपात भएको आरोप लगाउदै एक पक्षले कार्यक्रममा हस्तक्षेप गरे लग्तै झडप भएको स्थानीयले हिरामन साहले बताएका छन। घर धुरी संख्या धेरै र ग्यास सिलिन्डर कम भएपछि झडपको स्थिति भएको बताइएको छ। झडपमा परेर बालबालिका सहित दुबै पक्षका दर्जन बढी घाइते भएका र घाइतेहरुको उपचार जिल्ला अस्पताल गौरमा र विभिन्न स्वास्थ्य केन्द्रमा भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here