काठमाडौं,१४ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी अध्यक्ष शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन्। सिंहले देउवाले पार्टीको विधानमा तोकेअनुसार काम नगर्दा पार्टी भद्रगोल भएको आरोप लगाएका हुन्। १३ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका देउवाले विधानले तोकेको काम, कर्तव्य र अधिकारअनुरूप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको सिंहले बताए । उनले देउवाको कारण पार्टी अप्ठ्यारो अवस्थामा रहेको पनि आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here