गौर,१४ साउन / रौतहट जिल्लाको माधव नारायाण नगरपालिकाको गत आर्थिक बर्षको विकास बजेट कागजमै सम्पन्न भएको छ । सो नगरपालिकाका नगर प्रमुख बिरेन्द्र यादव र प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थको मिलेमतोमा विकास बजेट कागजै सम्पन्न भएको स्थानीय बासिन्दाले बताएकाछन् । सो नगरपालिकाको विकास बजेट कोरोनामै सकिएको एक जना वडा अध्यक्षले बताएकाछन् ।
आफुलाई ८० लाखको सिलिङ दिएर ५ लाखको काम गर्न दिएको एकजना वडा अध्यक्षले आफ्नो नाम नबताउने सर्तमा जानकारी दिएका छन् । माधव नारायण नगरपालिका भएदेखी प्रमुख प्रशासकिय अधिकृत रुपमा रहेका प्रलव कायस्थकै मिलेमतोमा सो नगरपालिकामा गएको आर्थिक बर्षमा कुनै विकासको काम नभएको नगरबासीको भनाइ रहेको छ ।
तल देखी माथि सम्म सेटिङ मिलाएर माधव नारायण नगरपालिकामा बसेका प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थले कोरोनाको नाममा बिभिन्न समान किनेको नक्कली बिल बनाएर आर्थिक अनियमिता गरेको एक स्थानीय बासिन्दाले जानकारी दिए ।
कोरोनाको महामारीका बेला राहत बितरणका लागि कायस्थले खाद्ययान्न खरिदका लागि टेण्डर आवहान गरेकोमा ३० रुपैया किलो चामल दिन आएका ब्यापारीलाई टेण्डर नदिएर कायस्थले ३८ रुपैया किलोवाला ब्यापारीलाई खाद्ययान्नको टेण्डर दिएको एक कर्मचारीले तराई एक्सप्रेसलाई जनकारी दिएकाछन् ।
नगर स्तरिय योजनाको नाममा साना साना टुक्रे योजनाको रकम स्वाह गरेको नगरबासीले बताएकाछन् । सो नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कुनै पनि गतिलो विकासको काम नभएको गुनासो बढदै जान थालेको छ । मेयर यादव र कायस्थले मन्त्रालय देखी सटिङ मिलाएर बिगत लामो समय सम्म एक नगरपालिकामा बसेर आर्थिक अनियमिता गरेको स्थानीयको भनाइ रहेको छ ।
सो नगरपालिकाले निर्माण गरेको एक पुल गुणस्तरहिन बनाएका कारण स्थानीयले बाटो हिडन पाएका छैनन् ।
मानपुर बिसुनपुर्वा बाट माधवपुरको बिचमा पर्ने सो पुल गुणस्तरहिन भएका कारण स्थानीयले बर्षामा आवत जावत गर्न सकेनन् । नगरपालिकाका कर्मचारी ठेकेदार र मेयरकै मिलेमतोमा सो पुल नबन्दै भत्केका कारण स्थानीयलाई आवत जावतमा समस्या भएको हो । २०७७ साउन १४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।