गौर,१४ साउन । रौतहट सहितका प्रदेश २ का आठै जिल्लामा पछिल्लो समय लागु औषधको कारोवार बढेको पाईएको छ । प्रहरीले लागु औषध नियन्त्रणका प्रयास गरेको भएपनि नियन्त्रण हुन सकेको छैन । गत आर्थिक २०७६÷०७७ वर्षमा रौतहटमा २९ जना लागुऔषध सहित पक्राउ परेकाछन् ।
प्रदेश २ का आठै जिल्ला भारतको बिहारसंग सिमा जोडिएका कारण लागु औषध कारोवारीका लागि सिमावर्ती क्षेत्रबाट लागु औषध ल्याउन सहज भएको हो ।
प्रदेश २ को आठ जिल्ला सिराहामा सबै भन्दा धेरै १ सय ६२ जना पक्राउ परेका छन् ।
प्रदेश २ का ८ वटा जिल्लामा ६ सय ३५ जना लागु औषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अधिकांश युवा रहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिएकाछन ।