गौर,१५ साउन । नेपाल विद्युत प्राधिकरणको लापारवाहीका कारण रौतहटमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काटने क्रमममा करेन्टको चपेटमा परेकी थिइन ।
सोही स्थानमा करेन्ट लागेर दुई चौपाया साढेको समेत ज्यान गएको छ ।
गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसे पछि स्थानियले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सबस्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here