अशोक पहाडी
रौतहट,१५ साउन । लागु औषध मुद्धामा फरार रहेका एकजनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ । २ बर्ष कैद र एक लाख जरीवना फैसला भएपनि फरार रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडानं ४ का अर्जुन दासलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बुधबार सांझ पक्राउ गरेका दासलाई फैसला कार्यन्वयनका लागि बिहिबार जिल्ला अदालत गौरमा पेश गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएकाछन् । उनी बिगत लामो समयदेखी फरार रहेका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here