अशोक पहाडी ,चन्द्रनिगाहपुर,१५ साउन । बिगत लामो समय देखी अध्यारोमा बस्न बाध्य रहेका चन्द्रपुर ३ भोलनटारका स्थानीयको घरमा बुधबार रातीबाट बत्ति बलेको छ ।
नेकपा रौतहटका ईन्चार्ज युवराज भट्टराई र चन्द्रपुर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाको पहलमा सो स्थानका २३३ घरमा हिजोबाट बिजुली बलेको स्थानीयले बताए ।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुरले हिजो बेलुकाबाट भोलनटारमा बिजुली बालेपछि स्थानीयले नाचगान सहित बेलुन फुटाएर रमाईलो गरेको वडा अध्यक्ष देवकोटाले जानकारी दिएकाछन् ।
डिभिजन वन कार्यालय रौतहटको अवरोधका बिच वनको जमिनमा रहेको सो बस्तीमा बिजुली बलेपछि स्थानीय खुशी भएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here