रुपेन्द्र पटेल
चन्द्रपुर, १५ साउन ।
समुदायस्तरमा कोरोना संक्रमण रोक्न सचेत गराउँदै रौतहट प्रहरीले सर्वसाधारणको आवागमनको चेकजाँचमा कडाइ गर्नुका साथै मास्क वितरण अभियान चलाएको छ । ईलाका प्रहरी चन्द्रनिगाहपुराले घरबाहिर निस्किनुपरे अनिवार्य रूपमा मास्क प्रयोग गर्न, भिडभाड नगर्न, वेलावेलामा हात धुन, स्यानिटाइजर प्रयोग गर्न माइकिङमार्फत अभियान चलाएको हो । चन्द्रनिगाहपुर क्षेत्रमा माक्स नलगाउँने लाई प्रहरी धमाधम कारवाही गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।