अशोक पहाडी
रौतहट,१६ साउन ।
कोरोना नियन्त्रणका लागि सिटि जेसिज चन्द्रनिगाहपुरले आज चन्द्रनिगाहपुरको मुख्य चोकमा चेतना मुलक कार्यक्रम गर्नुका साथै माक्स बितरण गरेको छ ।
आज बिहान चन्द्रनिगाहपुरको मुख्य चोकमा सुरक्षाकर्मी सहित चन्द्रनिगाहपुर सिटी जेसीजका पदाधिकारीले चेतना मुलक प्लेकार्ड सहित माक्स बितरण गरेको थियो ।
सो कार्यक्रममा चन्द्रपुर सिटि जेसिजका अध्यक्ष दिलीप सापकोटा ,संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ ,पुर्व अध्यक्ष अनन्त अधिकारी ,कार्यmत्र संयोजक जितेन्द्र रौनियार सहित चन्द्रनिगाहपुर सिटि जेसीजका पदाधिकारीको सहभागिता रहेको थियो ।
कोरोनाको महामारीसंगै स्थानीय प्रहरीले माक्स नलगाउने लाई जरिवना गरिरहेको अवस्थामा सिटि जेसिजले निशुल्क माक्स बितरण र चेतना फैल्याउने काम गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here