रुपेन्द्र पटेल
बृन्दावन, १६ साउन ।
रौतहटमा काठ तस्कर र वन कर्मचारीवीच दोहोरो गोली हानाहान भएको छ । जिल्लाको वृन्दावन सव डिभिजन वन कार्यालयको मातहत भित्र काठ तस्कर र वन कर्मचारी बीच गोलि हानाहान भएको हो । शुक्रबार साँझ वन कर्मचारीले गस्ती गर्दै जाँदा तस्करले वन गस्ती टोलीलाई देखेर फायर सुरु गरेका थिए । वन गस्ती टोली र तस्करबीच गोली हानाहान हुँदा वन कर्मचारीले चार राउन्ड हवाइ फायर गरेका छन् । सही क्रममा वन गस्ती टोलीले एकजना तस्करलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका तस्करको नाम खुल्न सकेको छैनन् । यस्तै वन कर्मचारीले २ थान सखुवाको गुलिया र चार थान साइकल समेत बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here