रुपेन्द्र पटेल
बृन्दावन, १६ साउन ।

रौतहटमा झुल वितरण भएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ स्थित हरैयाको काती टोलमा झुल वितरण गरिएको हो । रौतहट क्षेत्र नं—४ का सांसद देब प्रसाद तिमसिनाको आर्थिक सहयोग तथा बृन्दावनका समाजसेवी युवा गुञ्जन यादवको विशेष पहलमा शुक्रबार हरैयाको काती टोलमा ३३ दलित परिवारलाई झुल वितरण गरिएको युवा तथा समाजसेवी गुञ्जन यादवले बताएका छन् । समाजसेवी युवा यादवका अनुसार बृन्दावको दलित परिवारका प्रत्येक घरधुरीमा झुल वितरण गरिने बताएका छन् । शुक्रबार सो झुल वितरण कार्यक्रममा भद्र भआदमिको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here