चन्द्रपुर,१६ साउन । चन्द्रपुर नगरपालिकाले सशस्त्र प्रहरी बेस सन्तपुरलाई उद्धार समाग्री दिएको छ । नगरपालिकाले बिहिबार सो समाग्री सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका डिएसपी विकास भुजेललाई हस्तान्तरण गरिएको थियो ।
लाईफ ज्याकेट ४ थान ,माटो डोरी १६५ मिटर ,थ्रो ब्याग ४ थान ,पिक ५ थान ,साबेल ५ थान ,फरुवा ५ थान ,गल २ थान बन्चरो २ थान र गम बुट ८ थान सशस्त्र प्रहरीलाई दिइएको हो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले सो उद्धार सामाग्री डिएसपी भुजेललाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिय ।
बढदो बर्षाका कारण नगरका बिभिन्न स्थानमा हुने दैबीप्रखोपका बेला सशस्त्र प्रहरीलाई उद्धारका लागि सहज होस भन्नका लागि उद्धार सामाग्री हस्तान्तरण गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।