रुपेन्द्र पटेल
पौराई, १७ साउन ।
कोरोना भाइरस तराईमा भयानक रुप लिएपछि रौतहटको चन्द्रपुर—१ मा रहेको पौराइ ब्रम्हस्थान १५ दिनको लागी पूर्ण रुपमा बन्द गरिएको छ । पौराई ब्रम्हस्थान मन्दिरमा दर्शन गर्ने श्रदालुहरुको भिडभाड बढ्न थालेपछि सो मन्दिरका चारैतिरका गेटहरु शनिबार देखि भदौ २ गतेसम्म बन्द गरिएको पौराइ ब्रम्हस्थान निर्माण सुधार संघका अध्यक्ष रुपेश पण्डितले तराई एक्सप्रेसलाई बताएका छन् । श्रादालुहरुलाई अब भाद्र २ गतेसम्म मन्दिर बन्द रहने भएपछि दर्शन गर्न नपाउने एक सुचना मार्फत जनाकारी गराइएको छ । तराईमा कोरोनाको रुप परिवर्तन भएसँगै मन्दिरमा भिडभाड बढ्न थालेपछि बाध्य भएर मन्दिरमा हुदै आएको दैनिक पुजापाठ बन्द गर्नु परेको अध्यक्ष पण्डितको भनाई छ । बिशेष गरि शनिबारका दिन अत्याधिक मानिसहरु पौराइ बाबाको दर्शन गर्न आउने गरेको स्थानिय सुकेन्द्र गोलेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here